‘नेपाल विश्वकै गौरव’- अन्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नेपाल विश्वकै गौरव’

कान्तिपुर संवाददाता

काठमाडौँ — मानव जातिलाई शान्तिको अचुक मार्ग देखाउने गौतम बुद्धको जन्मथलो नेपाल विश्वकै गौरब भन्दै बुद्धको देशले उनको देशनालाई कदापि बिर्सन नहुने सन्देश बौद्ध पण्डित चिनियाँ लामा भूपती वज्र रिन्पोचेले दिएका छन् । 


राजकुमार सिद्धार्थ गौतम जन्मेको, राजपाठ त्यागेको र निर्वाण लाभ गरेको एउटै दिन बुद्ध पूर्णिमाको २५६६ औं महोत्सव मनाउँदै सोमबार बौद्ध स्तुपामा रिन्पोचेले नेपालले बुद्धको आदर्शलाई पालना गरी संसारलाई नै शान्तिको मार्ग देखाउन आग्रह गरेका हुन् ।

बुद्ध जयन्ती मूल आयोजक समिति तथा बुद्ध तथा मेलम्ची घ्याङ गुठीले आयोजना गरेको बुद्ध जयन्ती महोत्सवमा देश विदेशका बौद्ध प्राज्ञ तथा अभ्यासीहरु सहभागी थिए ।

प्रकाशित : जेष्ठ २, २०७९ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्

बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी 

अर्जुन शाह

बाजुरा — बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष पदमा एमालेका उम्मेदवार दिलबहादुर रावत र उपाध्यक्षमा कांग्रेस उम्मेवार विसुदेवी नाथ विजयी भएका छन् । 

एमाले उम्मेदवार रावतले कांग्रेस उम्मेदवार खड्कबहादुर बुढालाई पराजित गरेका हुन् । रावतले ३ हजार ७४७ मत पाएका छन् बुढाले ३ हजार ५५८ मत पाए ।

यस्तै उपाध्यक्ष पदमा कांग्रेस उम्मेदवार विशुदेवी नाथले एमाले उम्मेदवार मनदेवी कुमारी खड्का (ओली) लाई पराजित गरेकी हुन् । नाथले ३ हजार ६४२ मत प्राप्त गरेकी छिन् भने ओलीले ३ हजार ५९४ मत प्राप्त गरिन् । खप्तड छेडेदह गाउँपालिका विगतदेखि नै कांग्रेसको गढ मानिँदै आएको क्षेत्र हो ।

७ वटा वडा रहेको यस गाउँपालिकामा कांग्रेसले ५ वटा वडामा वडाध्यक्ष पदमा जितेको छ भने एमालेले २ वटा वडामा जितेको छ । कांग्रेसले जितेका वडाध्यक्षहरूमा वडा नम्बर १ मा कांग्रेसका वीरबहादुर रावल, २ मा कांग्रेसका भक्तबहादुर बुढा, ३ मा कांग्रेसका विर्कबहादुर रावत, ५ मा कांग्रेसका जितबहादुर रावत, ६ मा कांग्रेसका हर्क बिष्ट रहेका छन् । एमालेबाट वडा नम्बर ४ मा दलबहादुर धामी र ७ मा खगेन्द्रबहादुर रावत विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ २१:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×