कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'यही हो मेरो देश'मा आनी छोइङ र शिव परियारको स्वर 

काठमाडौँ — गीतकार धर्मेन्द्र खड्काको 'यही हो मेरो देश'बोलको गीत सार्वजनिक भएको छ । गायिका आनी छोइङ डोल्मा र शिव परियारको आवाज भरेको गीतमा राष्ट्रियता, विविधता एवं देशप्रेमका कुरा समेटिएका छन् ।

'यही हो मेरो देश'मा आनी छोइङ र शिव परियारको स्वर 

विकल रनपहेलीको निर्देशनमा तयार भएको गीतको भिडियोमा आनी छोइङ र शिव आफै छन् । शिव बराइलीको कम्पोजमा तयार भएको गीतमा सन्जिव मैनालीको बाँसुरी र मनिष गन्धर्वको सारंगी मिसिएको छ ।

युट्युबमा १६ हजार बढीले हेरेको यस गीतमा रोशन शर्माले गीतार, सुमन बराइलीले ड्रम र राजन अर्यालले मादल बजाएका छन् ।

प्रकाशित : वैशाख ११, २०७९ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?