कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा 'एभरेष्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्स' सम्मेलन सुरु

काठमाडौँ — एभरेष्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्स–२०२२ सम्मेलन आइतबारबाट काठमाडौंमा सुरु भएको छ । बिहीबारसम्म चल्ने कार्यक्रमको पब्लिक डिप्लोमेसी ब्यूरो अफ साउथ एन्ड सेन्ट्रल एसियाकी अमेरिकी उपसहायक मन्त्री राजदूत केली केइडरलिङले उद्घाटन गरिन् ।

उक्त अवसरमा सार्कका सामाजिक मामिला निर्देशक इस्माइल मामड्हुड र युएन वुमनकी प्रमुख नवनिता सिन्हाले एशियाका युवालाई सम्बोधन गरे ।

अमेरिकी राजदुतावासद्धारा जारी विज्ञप्ती अनुसार राजदूत केइडरलिङले प्रजातन्त्र, सुरक्षा र समृद्धि समाजका महत्वपूर्ण तत्व भएको उल्लेख गर्दै युवा नेताहरुलाई यसका लागि सोच्न र कार्य गर्न आह्वान गरिन् । युथ थिंकर सोसाइटी र नेपालस्थित अमेरिकी दूतावासबीचको साझेदारीमा एसियाका १० भन्दा बढी मुलुकका १०० भन्दा बढी युवाहरू कार्यक्रममा उपस्थित छन् ।

प्रकाशित : वैशाख ४, २०७९ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?