कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

विद्यार्थी भर्ना अभियान सुरू

विद्यार्थी भर्नासँगै विद्यालयमा विद्यार्थी टिक्ने आधार पनि बनाउनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ — नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान आइतबारबाट सुरु भएको छ। विद्यार्थी भर्ना अभियान सफल बनाउन सरोकारवाला पक्षहरुसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गरेको छ ।

विद्यार्थी भर्ना अभियान सुरू

आइतबार अनलाइन माध्यमबाट भएको छलफलमा शिक्षा मन्त्री, शिक्षा सचिव, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक, मन्त्रालयका अन्य अधिकारीहरू, गाउँपालिका र नगरपालिका महासङ्घका अध्यक्षहरू, स्थानीय सरकारको शिक्षा शाखाका प्रमुखहरू र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरू उपस्थित थिए।

छलफलको क्रममा नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियानको लागि शुभकामना व्यक्त गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तीनै तहको सरकार र समुदायको समेत सक्रिय सहभागिताले मात्रै नयाँ भर्ना र सामुदायिक शिक्षा सुधारको अभियान सफल हुने बताइन् ।

समाजको चेतना स्तर र विकासको गति शिक्षाको गुणस्तरले निर्धारण गर्ने भएकाले समाजमा सकारात्मक योगदान दिन सक्ने करुणा र विनम्रतासहितका अशल नागरिक बनाउने शिक्षा आवश्यक भएको शिक्षामन्त्री श्रेष्ठको धारणा थियो। ‘तथ्याङ्कमा आधारित शिक्षा प्रणाली बनाउनुपर्नेछ। विद्यार्थी भर्नासँगै विद्यालयमा विद्यार्थी टिक्ने आधार पनि बनाउनुपर्छ’- शिक्षामन्त्री श्रेष्ठले भनिन् ।

यस्तै कार्यक्रममा बोल्दै मन्त्रालयका शिक्षा हेर्ने सचिव सुरेश अधिकारीले विद्यार्थी भर्ना अभियानको अगुवाइ स्थानीय सरकारले नै गर्ने भएकाले मन्त्रालयले सबै किसिमको सहयोग गर्ने धारणा व्यक्त गरे ।

गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमै पढाउनुपर्ने र त्यसका लागि गाउँपालिका महासङ्घले नेतृत्व लिने प्रतिबद्धता व्यक्त गरिन् ।

नगरपालिका महासङ्घका अध्यक्ष भीम ढुङ्गानाले बालविकास कक्षामा पाठ्यसामाग्री र शिक्षकहरूको समस्या समाधान गर्नुपर्ने बताए ।


प्रकाशित : वैशाख २, २०८१ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×