कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

भारतको सिम्लामा पहिरोले मन्दिर भत्किँदा ९ जनाको मृत्यु

भत्किएको मन्दिरमा २० देखि २५ जनासम्म पुरिएको हुनसक्ने मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले बताएका छन्
कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको हिमाचल प्रदेशको सिम्लास्थित भारी वर्षासँगै पहिरो जाँदा त्यहाँको प्राचिन मन्दिर भत्किएर ९ जनाको मृत्यु भएको छ । अरु कम्तीमा २० जना मानिस भत्किएको संरचनाभित्र पुरिएको बताइएको छ ।

भारतको सिम्लामा पहिरोले मन्दिर भत्किँदा ९ जनाको मृत्यु

घटनास्थलमा अहिले ठूलो संख्यामा उद्धार टोली खटाइएको छ । हिमाचल प्रदेशमा पछिल्लो केही दिनयता भारी वर्षा हुँदा विभिन्न स्थानमा बाढीपहिरो गएको छ । बीबीसीको समाचार अनुसार पछिल्लो २४ घन्टाको अवधिमा बाढीपहिरोमा परी २१ जनाको मृत्यु भइसकेको छ ।

मन्दिर भत्किएको स्थानमा अवलोकनका लागि पुगेका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले घटनास्थलमा २० देखि २५ जना मानिस पुरिएको हुनसक्ने बताएका छन् । पर्यटकीय सहर सिम्लाको दृश्यावलोकन गर्न र चिसो मौसमको आनन्द लिन हरेक वर्ष हजारौं मानिस घुमघामका लागि जाने गर्छन् ।

केही दिनयता वर्षा र बाढीका कारण बगाउँदै गरेका गाडी र भवनहरूको भिडियो फुटेज सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन् । मुख्यमन्त्री सुखुले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित रुपमा घरभित्रै सतर्क भएर बस्न आह्वान गरेका छन् ।

प्रकाशित : श्रावण २९, २०८० १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?