कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

चिनियाँ राष्ट्रपति सी र बेलायती प्रधानमन्त्री जोनसनबीच वार्ता

रासस/सिन्हृवा

काठमाडौँ — चीनका राष्ट्रपति सी चिनफिङ र बेलायती प्रधानमन्त्री बोरिस जोनसनबीच टेलिफोन वार्ता भएको छ । शुक्रबार अपराह्न चिनियाँ राष्ट्रपति सीले जोनसनलाई टेलिफोन गरेका थिए ।

चिनियाँ राष्ट्रपति सी र बेलायती प्रधानमन्त्री जोनसनबीच वार्ता

वार्ताको क्रममा चीन र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको उल्लेख गर्दै सीले विगत आधा शताब्दीमा द्विपक्षीय सम्बन्धले केही उतार चढावका बाबजुद समग्रमा सम्बन्ध निरन्तर विस्तार भएको बताएका थिए । पछिल्लो समय दुई देशबीचको व्यापार ३०० मिलियन अमेरिकी डलरबाट बढेर १०० अर्ब डलर पुगेको बताइन्छ ।

दुईतर्फी लगानी बजार झण्डै शून्यबाट बढेर ५० अर्ब डलर पुगेको सीले बताएका थिए । फोनवार्ताको क्रममा सीले द्विपक्षीय व्यापार नयाँ उचाइमा पुगेको र बेलायतमा चिनियाँ लगानी तीन गुणा बढेको बताएका थिए ।

'बेलायतको लगानीमा सञ्चालित उद्यमहरूले चीनको सुधार र खुलापनमा सक्रियतापूर्वक भाग लिएका छन् । दुई देशले विश्वव्यापी विकास र जलवायु परिवर्तन जस्ता क्षेत्रमा समन्वय र सहकार्य गरेका छन् र मानवताको साझा चुनौतीको सामना गर्न सकारात्मक योगदान दिएका छन्,' सीले भनेका थिए ।

चीन र बेलायतको घरेलु अवस्था र विकासका विभिन्न पाटाहरु रहेको उल्लेख गर्दै दुई पक्षले रणनीतिक र दीर्घकालीन दृष्टिकोण लिनुपर्ने, एकअर्काको सम्मान गर्नुपर्ने, खुला र समावेशी मानसिकता राख्नुपर्ने, संवाद र सम्प्रेषणलाई बढावा दिनुपर्ने र पारस्परिक सहयोग विस्तार गर्नुपर्ने राष्ट्रपति सीले बताएका थिए ।

सीले चीन बेलायतसँग खुलस्त, खुला र समावेशी ढंगले वार्ता र सहकार्य गर्न इच्छुक रहेको पनि प्रतिक्रिया दिएका थिए । यस्तै बेलायती प्रधानमन्त्री जोनसनले बेलायत र चीनको सम्बन्ध आफ्नो लागि अत्यन्तै महत्वपूर्ण रहेको बताएका थिए ।

बेलायत र चीनबीच व्यापार ह्वात्तै बढ्दै गएको सन्दर्भमा बेलायतका चिनियाँ विद्यार्थी अन्य कुनै पनि युरोपेली मुलुकका विद्यार्थीभन्दा बढी छन् । जसले बेलायत निकै गौरवान्वित रहेको जोनसनले बताएका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्का दुई स्थायी सदस्य बेलायत र चीनले धेरै विषयहरूमा साझा चासो बाँडेका छन् र धेरै कुरामा एक अर्कासँग काम गर्नसक्ने प्रधानमन्त्री जोनसनको भनाइ थियो ।

बेलायत चीनसँग इमानदार वार्ता गर्न, द्विपक्षीय सहयोगलाई सुदृढ पार्न, द्विपक्षीय आर्थिक तथा व्यापार सहयोग विस्तार गर्न र जलवायु परिवर्तन र जैविक विविधताजस्ता विश्वव्यापी विषयमा समन्वयलाई गहिरो बनाउन इच्छुक भएको पनि जोनसनले बताएका थिए । दुई देशका नेताहरूले युक्रेन संकटबारे पनि विचार आदानप्रदान गरेको बताइएको छ ।

प्रकाशित : चैत्र ११, २०७८ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?