कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको शपथ लिने

एएनआई 

नयाँ दिल्ली — आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा शपथ लिने भएका छन् । उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्‍न लागेका हुन् । 

केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको शपथ लिने

शपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो ।


आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो ।


यसअघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए । शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय कंग्रेसले पछिल्ला दुवै चुनावमा खाता समेत खोल्न सकेन ।

प्रकाशित : माघ २९, २०७६ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?