कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा (माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरुसँग एकताको सम्भावना छैन : मोहन वैद्य

काठमाडौँ — नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायत पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना नरहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरुसँग एकताको सम्भावना छैन : मोहन वैद्य

मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरूबीच एकताको सम्भावना नरहेको बताएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकता हुन्छ भनेर लगातार भनिरहे पनि उक्त पार्टीसँग एकताको कुनै सम्भावना नरहेको उनले बताए । आफूहरूले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रुपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उनको तर्क थियो ।

‘उहाँहरूले पार्टी एकता हुनसक्छ, पूर्वमाओवादीहरूसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्नुभएको छ । तर हाम्रो पार्टीसँग सम्भव छैन । नेकपा(क्रान्तिकारी माओवादी)सँग सम्भव छैन । किन भन्नुहुन्छ भने हामीले पुरानो राज्यसत्ता, संसदीय व्यवस्थालाई स्वीकार गर्न सक्दैन भनिराखेका छौं । प्रचण्डजीको पूरै जोड के छ भने, माओवादी केन्द्रका साथीहरूको जोड के छ भने यो संविधानको असली संरक्षक हामी हौं । संसदीय व्यवस्थाको असली संरक्षक हामी हौं भन्ने हिसाबले उहाँहरू गइरहनुभएको छ । त्यसकारणले उहाँहरूसँग एकताको सम्भावना छैन,’ नेता वैद्यले भने ।

पूरा पढ्न : पूर्वमाओवादीहरूबीच एकता सम्भव छैन : मोहन वैद्य

प्रकाशित : पुस २७, २०७८ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?