कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललिता निवासको जग्गामा महानगरले तारबार गर्ने

काठमाडौँ — ललिता निवासको जग्गामा निर्माण भएका अस्थायी वा अनधिकृत संरचना काठमाडौं महानगरपालिकाले हटाउने भएको छ ।

ललिता निवासको जग्गामा महानगरले तारबार गर्ने

आइतबार महानगरको टोली ललिता निवास परिसरमा पुगेर ललिता निवासमा संरचना हटाउन सूचना टाँस्दै त्यस क्षेत्रलाई तारबारले घेरा गर्ने तयारी गरेको छ ।

महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार महानगरको स्वीकृति बिना निर्माण भएका वा निर्माणाधीन संरचना हटाउन भन्दै सूचना टाँसिएको हो ।

साथै उक्त क्षेत्रलाई तार घेराबारका लागि पनि महानगरको प्राविधिक टोलीले तयारी गरिरहेको पाण्डेले बताए ।

मेयर बालेन्द्र शाहका स्वकीय सचिव भुपदेव शाहले सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले तारघेराबारा गर्न लागिएको बताए । उनले भने, 'हामीले सोमबारसम्म ललिता निवासभित्र बनाइएका अस्थायी र अनुमति नलिइकन बनाइएका संरचना हटाउन भनेर माइकिङ गरेका छौं ।'

प्रकाशित : असार १७, २०८० १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?