कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रोयल कपनको दोहोरो जित

काठमाडौँ — रोयल कपनले प्रथम भ्याली पब्लिक एसईई कप ब्वाइज फुटसल प्रतियोगिताको आइतबार दोहोरो जित हात पारेको छ ।

रोयल कपनको दोहोरो जित

आयोजक भ्याली पब्लिक स्कुलको फुटसल कोर्टमा रोयलले ड्रागन एलिट एफसीलाई ३–२ र समृद्धिलाई १०–२ गोलले हराए ।

अन्य खेलमा जुगल नव गुरुकुलले साइप्रेसलाई ९–४, टोखा एफसीले टिम बिस्टलाई ३–१, डाउन टाउनले इन्साइट भिजन ‘बी’ लाई ५–४, दि सेभेन ब्रोसले साइप्रेसलाई ४–१, विद्या आर्जनले भ्याली पब्लिक ‘बी’ लाई ७–२, ड्रागन एलिटले भ्याली पब्लिक ‘बी’ लाई नै ५–३ र सेक्रेड हार्टले भ्याली पब्लिक ‘ए’ लाई ४–१ ले हराए ।

प्रतियोगिताको भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले उद्घाटन गरे । प्रतियोगितामा १८ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नगद पुरस्कारबाहेक विजेता टोलीका प्रत्येक खेलाडीले ६०, उपविजेताले ३० तथा सहभागीले १० प्रतिशत छात्रवृत्ति पनि पाउने छन् । फाइनल मंगलबार हुनेछ ।


प्रकाशित : जेष्ठ १३, २०८१ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?