कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

आईपीएल-२०२४ : हैदरवादलाई हराउँदै कोलकाता च्याम्पियन

एजेन्सी

चेन्नाई — बलिङबाट सटिक प्रदर्शनको मद्दतले कोलकाता नाइट राइडर्सले आइतबार सनराइज हैदरवादलाई आठ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि जितेको छ । पूर्णतः एकपक्षीय फाइनलमा कोलकाता सजिलै विजयी रह्यो । कोलकाताले आईपीएलको उपाधि जितेको तेस्रोपल्ट हो ।

आईपीएल-२०२४ : हैदरवादलाई हराउँदै कोलकाता च्याम्पियन

यसका लागि उसले १० वर्ष लामो समय भने कुर्न पर्‍यो । कोलकाताले सन् २०१२ र २०१४ मा पनि उपाधि जितेको थियो । उप–विजेतामै सीमित हैदरावाद कोलकातासँग लगातार दोस्रो खेलमा पराजित भएको हो । जितका लागि १ सय १४ रनको लक्ष्य पाएको कोलकाताले १०.३ ओभरमा दुई विकेट गुमाएर विजयी रन बनायो ।

विजयी टिमका लागि वेंकटेश अयरले अर्धशतक पूरा गरे । उसका लागि ओपनर रहमनुल्लाह गुरबाजले ३९ र वेंकटेश अयरले ५२ रन बनाए । उनीहरूले दोस्रो विकेका लागि निर्णायक ९१ रनको साझेदारी पनि गरे । अयरले २६ बलको इनिङ्समा चार चौका र तीन छक्का प्रहार गरे र नटआउट पनि रहे ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८.३ ओभर माक्रै टिक्यो र यसत्रममा अलआउट हुँदै १ सय १२ रन मात्रै बनाउन सक्यो । त्यसमा नवौं क्रममा आएकार कप्तान प्याट कमिन्सले बनाएको २४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । त्यसलाई छाडेर कसैले पनि गतिलो योगदान दिन सकेनन् ।

कोलकाताका लागि सबै बलर कसिकसाउ बलिङ गरे । आन्द्रे रसेलले तीन विकेट लिए भने मिचेल स्टार्क र हरसित रानाले दुई दुई विकेट लिए । लिग चरणको समाप्तीमा कोलकाता नै शीर्ष स्थानमा रहेको थियो र उसले पहिलो क्वालिफायरमा दोस्रो स्थानमा रहेको हैदरावादलाई हराएको थियो ।

प्रकाशित : जेष्ठ १३, २०८१ २२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x