कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११६

बडी बिल्डिङका २८ प्रशिक्षक तयार

काठमाडौँ — नेपाल बडी बिल्डिङ एन्ड फिटनेस महासंघले आयोजना गरेको प्रशिक्षण प्रक्षिक्षणपछि बडी बिल्डिङका २८ प्रशिक्षक तयार भएका छन् । प्रशिक्षणमा उत्तीर्ण प्रशिक्षकले अब ‘सर्टिफाइड ट्रेनर’ का रूपमा काम गर्न सक्नेछन् ।

बडी बिल्डिङका २८ प्रशिक्षक तयार

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आथित्यमा शनिबार भएको कार्यक्रमको समापन समारोहमा उनीसँगै महासचिव निलेन्द्रराज श्रेष्ठले सफल प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले प्रशिक्षणमा सहभागी भएकालाई बधाई दिँदै अबको दिनमा आफ्नो काँधमा आइपुगेको जिम्मेवारीलाई राम्रोसँग निभाउन अनुरोध गरे ।

प्रशिक्षक प्रशिक्षण जेठ १ देखि १२ गतेसम्म सञ्चालन भएको थियो । काठमाडौंमा बडी बिल्डिङको प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएको यो चौथोपटक हो । पूरा देशमा भने यस्तो कार्यक्रम भएको यो आठौंपल्ट हो ।

प्रकाशित : जेष्ठ १२, २०८१ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?