कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५०

आर्चर इंग्ल्यान्ड टोलीमा

एजेन्सी

लन्डन — इंग्ल्यान्डले ट्वान्टी–२० विश्वकप उपाधि रक्षा अभियानका लागि तीव्र गतिका बलर जोफ्रा आर्चरलाई आफ्नो टोलीमा समावेश गरेको छ । सन् २०१९ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका उनले विभिन्न चोटका कारण नियमित खेल्न सकिरहेका छैनन् ।

आर्चर इंग्ल्यान्ड टोलीमा

दाहिने कुहिनामा लागेको चोटका कारण उनले पछिल्लो एक वर्षमा कुनै प्रतिस्पर्धात्मक खेल खेलेका छैनन् ।

जोस बटलरको कप्तानीमा रहने इंग्ल्यान्डको १५ सदस्यीय टोलीमा आर्चरलाई पनि राखिएको छ । ५ वर्षअघि ‘डेब्यु’ गरेयता उनले इंग्ल्यान्डबाट केवल १५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । तर आर्चरलाई अझै पनि ‘गेम चेन्जर’ को रूपमा हेरिएको छ ।

बार्बाडोसमै हुर्किएका कारण क्यारेबियन कन्डिसनको जानकार हुने हुनाले पनि आर्चरलाई टिममा राखिएको हुनसक्ने जनाइएको छ । टेस्ट कप्तान बेन स्टोक्स पूर्ण फिट नभएका कारण आफैंले इंग्ल्यान्ड टोलीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

प्रकाशित : वैशाख १९, २०८१ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?