कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

फुलहमविरुद्ध लिभरपुलको पुनरागमन जित

काठमाडौँ — लिभरपुलले दोस्रो हाफमा गरेको दुई गोलमा कमब्याक गर्दै बुधबार फुलहमलाई २–१ ले हराएको छ । जितसँगै लिभरपुल लिगकप सेमिफाइनल पहिलो लेगमा एक गोलले अगाडि रहन सफल रह्यो ।

फुलहमविरुद्ध लिभरपुलको पुनरागमन जित

फुलहमले विलियनको गोलले पहिलो हाफमा अग्रता लिएयता कर्टिस जोन्सले ६८ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको ७१ औं मिनेटमा कोडी गाक्पोले विजयी गोल गरे । एनफिल्डमा यस सिजन लिभरपुल १६ खेलमा अपराजित रहेको छ र त्यसमध्ये १४ मा विजयी रहेको छ ।

अब सेमिफाइनल दोस्रो लेग जनवरी २४ मा फुलहमको घर कारभेन कटेजमा हुनेछ र त्यसमा लिभरपुल अहिले प्राप्त अग्रतालाई कायम राख्ने उद्देश्यमा हुनेछ ।


प्रकाशित : पुस २६, २०८० ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?