कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पोष्टबहादुर बोगटी स्मृति कप : एपीएफ र पुलिसको उपाधि भिडन्त

काठमाडौँ — विभागीय टोली नेपाल एपीएफ र नेपाल पुलिस क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

पोष्टबहादुर बोगटी स्मृति कप : एपीएफ र पुलिसको उपाधि भिडन्त

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थिति उल्ट्याउँदै एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्‍यो । लगातार दुई सेट आर्मीले २५–२३, २५–१२ नतिजा आफ्नो पक्षमा पार्‍यो । एपीएफले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ ले जित्दै खेल २–२ को बराबरीमा पुर्‍याएको थियो । पाँचौं तथा निर्णायक सेट १५–१० ले आफ्नो पक्षमा पार्दै एपीएफले फाइनल सुनिश्चित गर्‍यो ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई २५–२२, २५–२०, २५–२१ को सोझो सेटमा पराजित गरी एपीएफसँग उपाधि भिडन्त पक्का गर्‍यो । फाइनल शनिबार हुनेछ । विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही १० हजार र सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : वैशाख १, २०८० १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?