कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

विश्वकप जितेपछि देखाएको व्यवहारका लागि अर्जेन्टिनी टोलीलाई फिफाको कारबाही

एजेन्सी

काठमाडौँ — गत महिना कतारमा सम्पन्न विश्वकप फुटबलको फाइनल जितेपछि अर्जेन्टिनी टोलीले आपत्तिजनक व्यवहार देखाएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अर्जेन्टिनी टोलीलाई अनुशासनको कारबाही सुरु गरेको जनाएको छ ।

विश्वकप जितेपछि देखाएको व्यवहारका लागि अर्जेन्टिनी टोलीलाई फिफाको कारबाही

२०१८ को विश्वकप विजेता फ्रान्सलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना २०२२ को विश्वकप विजेता बनेको थियो । यस क्रममा अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेज खेल सकिएपछि आफूले पाएको उत्कृष्ट गोलकिपरको ट्रफीसँगै ड्रेसिङ रुममा फ्रेन्च स्टार खेलाडी केलियन एम्बाप्पेको खिल्ली उडाउँदै गरेको अवस्थामा देखिएका थिए ।

एम्बाप्पे भने यसपटक विश्वकपमा आफ्नो टोलीलाई उपविजेता बनाउँदै सर्वाधिक गोल गरेर गोल्डेन बुट विजेता बने । यस क्रममा फिफाले अर्जेन्टिनाले आपत्तिजनक व्यवहार देखाउँदै निष्पक्ष खेलका सिद्धान्त उल्लंघन गरेको तथा खेलाडी र अधिकारीहरूको दुर्व्यवहार गरेको भन्दै अनुसासनको कारबाही गरेको जनाएको छ ।

यससँगै अर्जेन्टिनी गोलकिपर मार्टिनेज पनि त्यस्तो गतिविधिका कारण विवादित बनेका थिए । यसवाहेक क्रोएसियाली टोलीमाथि पनि भेदभावको आरोपमा अनुसन्धान भइरहेको बताइएको छ। क्रोएसियाली खेलाडीहरूले तेस्रो स्थानका लागि मोरक्कोविरुद्ध भएको खेल जितेपछि फासिवादी अर्थ दिने गरी गीत गाएका थिए । यसबीचमा फिफाले मेक्सिकोलाई पनि कारबाही गरेको जनाएको छ ।

प्रकाशित : पुस ३०, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?