![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
सल्यान — वनमा लागेको डढेलो बस्तीमा सल्किँदा सल्यानमा तीन घरगोठ जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा एक जना बेहोस् भएका छन् । बन्गाड कुपिण्डे नगरपालिका- ५ च्युराका अन्दाजी वर्ष ३५ का दलजित बुढाथोकी आगो निभाउनेक्रममा बेहोस् भएका हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![डढेलो बस्तीमा सल्किँदा तीन घरगोठ जलेर नष्ट](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/dadhelo1-sindhuli-1732024102557-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
बन्गाड कुपिण्डे नगरपालिका-१ बेलखोलाको एक सामुदायिक वनमा लागेको डढेलो फैलिँदै जाँदा च्युराका बुद्धिसिंह बिष्ट लगायत अन्य दुई जनाको घर गोठ जलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीका अनुसार घरका लागेको आगो निभाउने क्रममा धुँवाका कारण बेहोस् भएका थिए । आगोको ज्वालाले उनको अनुहारमा पनि सामान्य जलेको थियो ।
स्वास्थ्य चौकी च्युरामा अहिले उपचार गराइरहेका बुढाथोकी होसमा आएका र उनी खतरामुक्त रहेका प्रहरीले जनाएको छ । दुई घर र एक गोठमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)