कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कर्णालीको विवाद मिलाउने जिम्मा पूर्व मुख्यमन्त्री शाहीलाई 

ज्योति कटुवाल

सुर्खेत — कर्णालीमा सरकार सञ्चालनमा देखिएको विवाद मिलाउन माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन् ।

कर्णालीको विवाद मिलाउने जिम्मा पूर्व मुख्यमन्त्री शाहीलाई 

आफ्नै पार्टीका मुख्यमन्त्री रहेका राजकुमार शर्मालाई राजीनामा दिलाउन र एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउने जिम्मेवारी लिएर उनी मंगलबार बिहान सुर्खेत आएका हुन् ।

सुर्खेत झरेलगत्तै मुख्यमन्त्री निवास पुगेका शाहीले शर्मालाई राजीनामा गराउने विषयमा छलफल गरिरहेका छन् । यद्यपी शर्माले संसदीय प्रक्रियाअनुसार विश्वासको मत लिने प्रयोजनका लागि संसद्मा प्रस्ताव दर्ता गराइसकेकाले त्यसबाट पछि नहट्ने अडान दोहोर्‍याउँदै आएका छन् ।

प्रकाशित : चैत्र २०, २०८० ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×