कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५०

राँचुलीका अग्नीपीडितलाई  ३ वर्षपछि दोश्रो किस्ता

कालिकोट — आगलागीले घर जलेर अर्काको गोठ र पाल मुनि बस्दै आएका तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १४ जना आगलागी पीडितले ३ वर्षपछि दोश्रो किस्ता बापतको रकम पाउने भएका छन् । जिल्ला विपद् ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले राँचुलीका आगलागी पीडितलाई प्रतिब्यक्ति २ लाख ५० हजारका दरले दोश्रो किस्ता वापतको रकम भुक्तानी दिने निर्णय गरेको हो ।

राँचुलीका अग्नीपीडितलाई  ३ वर्षपछि दोश्रो किस्ता

०७७ मंसिरमा गाउँँमा आगलागी हुँदा राँचुलीका १४ घर जलेका थिए । 'उनीहरुले रकम नहुँदा घर बनाउन सकेका थिएनन्,' नागरिक समाजका अगुवा कमल शाहीले भने, 'बल्ल दोश्रो किस्ता पाए । अब घर बनाउने बाटो खुल्ला ।'

उनकाअनुसार सरकारले आगलागी पीडित दलित समुदायका घर एक वर्ष भित्र बनाइ दिने प्रतिबद्धता गरे पनि रकम नआउँदा पीडित परिवालले पुस/माघको जाडो र असार/साउनको वर्षा घर बाहिर काट्नु परेको थियो ।

आगलागीबाट घर जलेका तिलागुफा-४ राँचुली गाउँका मनोज विश्वकर्मा, रंगे विश्वकर्मा, मनबहादुर विश्वकर्मा, सुरेश विश्वकर्मा, मन विश्वकर्मा, धनपति विश्वकर्मा, हरिश विश्वकर्मा, बलवहादुर विश्वकर्मा, धनरुप विश्वकर्मा, बिउरा विश्वकर्मा, कुल विश्वकर्मा, अमरसिंगे विश्वकर्मा, पदम विश्वकर्मा र भन्तु सुनारले दोश्रो किस्ता वापत २ लाख ५० हजार रुपैयाँका दरले अनुदान पाउने प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।

'पहिलो किस्ता पहिले दिएर काम आधा भइसकको छ,' उनले भने, 'दोश्रो किस्ता गएपछि छाना छाउने काम गरेर सुरक्षित बस्ने ठाउँ हुनेछ ।' उनले संघ र प्रदेशबाट बजेट छिटो नआएकाले रकम दिन ढिलाई भएको बताए ।

त्यस्तै, विपद् ब्यवस्थापन समितिले ०७८ को चैत्रमा आगलागी भएका तिलागुफा-२ रतडाका ४ घर परिवारलाई पनि पहिलो किस्ता वापत ५० हजारका दरले निजी आवाज निर्माणका लागि रकम दिने निर्णय गरेको छ । यहाँका आगलागी पीडित झुप्री विश्वकर्मा, अनिपाल विश्वकर्मा, भैर विश्वकर्मा र रुद्रवीर सुनारले पहिलो किस्ता वापतको रकम पाउने छन् ।

समितिले चैत्र बैशाखमा आगलागीका घटना अत्याधिक हुने भएकाले आगलागीबाट सजग रहन र आगलागीजन्य विपद्‌बाट सुरक्षित राख्ने जिल्लाभर जनचेतनामूलक र्‍याली, अर्न्तक्रिया, सडक नाटक, प्रभातफेरी र नमूना अभ्यास गर्ने निर्णय गरेको छ ।

मनसुन सुरु हुने बेला भएकोले जिल्ला विपद् ब्यवस्थापन समितिले सहायक प्रजिअ सरोज अधिकारीको संयोजकत्वमा रेडक्रस, नेपाली सेना, सशस्त्र प्हरी, जनपद प्रहरी, किर्डाक नेपाल, हुरेन्डेक, आइएनएफका प्रतिनिधि सदस्य रहने गगरी विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गर्न समिति गठन गरेको छ ।

समितिले जेठसम्म योजनाको मस्यौदा मूल समितिलाई बुझाई सक्नुपर्ने रेडक्रस सभापति बलप्रसाद संज्यालले बताए ।

प्रकाशित : चैत्र १७, २०८० १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?