कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सेनाद्वारा बम निष्क्रिय

डीबी बुढा

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिका – ४ गौतमबाडामा भेटिएको सकेट बम डिस्पोज गरिएको छ । स्थानीय लक्ष्मीप्रसाद गौतमको दाउरा खादमा भेटिएको सकेट बम नन्दाबक्स गण जुम्लाका सहायक सेनानी टेकराज गौलीको नेतृत्वमा गएको ७ जनाको टोलीले निष्क्रिय गरेको हो । बम देखेपछि स्थानीयले हाँकुस्थित प्रहरी चौकीलाई खबर गरिएका थिए ।

सेनाद्वारा बम निष्क्रिय

बिहीबार बिहानमात्रै बम डिस्पोजल गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । सकेट बम द्वन्द्वकलामा छोडिएको हुन सक्ने अनुमान गरिएको छ ।

०६६ चैत २४ गते सोही गाउँको रुपचन्द्र बोहराको पुराना घर भत्काउने क्रममा बेवारिसे बम विस्फोटमा परेर रामालक्ष्मी जैसी घाइते भएकी थिइन् ।

प्रकाशित : वैशाख १४, २०८० १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×