सुर्खेतबाट ब्राउन सुगरसहित चार जना पक्राउ- कर्णाली - कान्तिपुर समाचार

सुर्खेतबाट ब्राउन सुगरसहित चार जना पक्राउ

हरिहरसिंह राठौर

सुर्खेत — जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेतका १८ वर्षीय मोहन रास्कोटी, वडा नं. ७ का २३ वर्षीय सुरज गौली, १० का २४ वर्षीय सुशील चौधरी र १८ वर्षीय राजन सार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।

उनीहरूलाई सोमबार बेलुका ६ बजे पक्राउ गरिएको उनले बताइएको छ ।

वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेत बुदबुदीस्थित दिदीबहिनी कटेजमा लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेर आठपुरिया ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ लागूऔषधसहित चारै जनालाई पक्राउ गरेको उनले बताए ।

सूचना अधिकारी कार्कीका अनुसार पक्राउ परेका चारै व्यक्तिको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : पुस १३, २०७९ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्

कर्णाली प्रदेशका सांसदले लिए शपथ

हरिहरसिंह राठौर

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाका नवनिर्वाचित ४० जना सांसदले सोमबार अपरान्ह पद तथा गोपनीयताको शपथ लिएका छन् । सांसदहरूलाई ज्येष्ठ सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

ज्येष्ठ सदस्य शाहले कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट बिहान ११ बजे शपथ लिएका थिए । ६६ वर्षीय शाह दैलेख २ ‘ख’ बाट एमाले प्रदेश अध्यक्षसमेत हुन् ।

कर्णाली प्रदेशसभामा कांग्रेसबाट १४, माओवादीबाट १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका एक/एक सांसद छन् ।

प्रकाशित : पुस ११, २०७९ १७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×