कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

जुम्लामा जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

डीबी बुढा

जुम्ला — जुम्लामा जडिबुटी बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । डोल्पा जिल्लादेखि जुम्ला सदरमुकाम खलंगा आउँदै गरेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

जुम्लामा जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

भे २ त १४९१ नम्बरको ट्रयाक्टरमा सुनपाती नामको जडिबुटी राखिएको भेटिएको प्रहरीले जनाएको छ । गुठिचौर गाउँपालिका – १ अस्थायी प्रहरी पोष्ट चोत्राबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा जडिबुटी फेला पारेको जिल्ला प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुुसार जडिबुटीको छुट पुर्जी भेटिएको छैन ।

उचित छानबिन गरेर आवश्यक कारबाहीको लागि चालकसहित सुनपाती जडिबुटी डिभिजन वन कार्यालय जुम्लामा पठाइएको छ ।

प्रकाशित : मंसिर १९, २०७९ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?