३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सल्यानमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

विप्लव महर्जन

सल्यान — सल्यानको सिद्धकुमाख गाउँपालिका १ पटारेस्थित राप्ती राजमार्गमा बोलेरो जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

सल्यानमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

श्रीनगरदेखि थारमारेतर्फ जाँदै गरेको रा १ च १२४२ नम्बरको बोलेरो जिप र रा ६ प ७४९८ नम्बरको मोटरसाइकल ठोक्किँदा रुकुम जिल्लाको सिस्ने गाउँपालिका ६ बस्ने १९ वर्षीय मोटरसाइकल चालक सुदिप मल्ल र उनकी आमा ४० वर्षीया निर्मला मल्ल घाइते भएका हुन् ।

घाइते आमाछोरालाई स्थानीय तथा प्रहरीले उद्धार गरेको र अहिले शारदा नगरपालिका १ श्रीनगरस्थित मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताएका छन् ।

उनका अनुसार बोलेरो जिपमा ठोक्किँदा मोटरसाइकल दुर्घटनामा परेको थियो । अहिले बोलेरो जिप चालक शारदा नगरपालिका १४ बस्ने प्रदिप विकका साथै जिप र मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ ।

प्रकाशित : मंसिर १४, २०७९ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?