कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

आचारसंहिता उल्लंघनमा मतदान अधिकृतसहित तीन जना कारबाहीमा 

विप्लव महर्जन

सल्यान — मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि छनौटमा परेका एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृतसहित तीन जना कारबाहीमा परेका छन् । आचारसंहिताविपरीत काम गरेको भन्दै मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित तीन जना कारबाहीमा परेका छन् । 

आचारसंहिता उल्लंघनमा मतदान अधिकृतसहित तीन जना कारबाहीमा 

कारबाहीमा परेका बन्गाड कुपिन्डे नगरपालिकाको कुपिण्डेस्वरी प्रावि मतदान केन्द्रका मतदान अधिकृत बाग्चौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज गौतम, कालिमा प्रावि कजेरीमा सहायक मतदान अधिकृतमा नियुक्त गरिएका शिक्षक दलबहादुर खडका र नवसर्वसाधारण प्रावि रातामाटा ‘ख’ दार्मामा परेका सहायक चोपीलाल बस्नेत रहेका छन् ।

कुपिण्डेश्वरी प्रावि मतदान केन्द्रमा छनौटमा परेका अनन्तराम गौतमले आचारसंहिताविपरीत कर्मचारीको सरुवा गरेको र अन्यले निर्वाचन प्रचारप्रसारमा सहभागी भई आचारसंहिताविपरीत काम गरेको उजुरी परेपछि कारबाही गरिएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए ।

आचारसंहिता उल्लंघन गरेका १२ जना मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्यलाई पनि स्पष्टीकरण सोधिएको छ । जिल्लाका २ सय २ मतदान केन्द्र र १ सय १९ मतदानस्थलमा १ हजार ६ सय २३ जना कर्मचारी खटाइएकोमा लोक सेवा आयोगले निकालेको मौखिक परीक्षामा पास भएपछि छनौटमा परिसकेका र नियुक्तिका तयारी भइरहेका बेला १५ जना कर्मचारी छाडेर गएकाले केही समस्या भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी गराए ।

मतदान केन्द्र तथा मतदानस्थलको सुरक्षाका लागि १ हजार ९ सय ५० सुरक्षाकर्मी खटिएका र अहिले सबै कर्मचारी तथा सुरक्षाकर्मीलाई नियुक्ति दिएर मतदानस्थल तथा मतदान केन्द्रतिर खटाउने काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित : कार्तिक ३०, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?