कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आफ्ना उम्मेदवारविरुद्ध लागेको भन्दै जुम्ला कांग्रेसद्वारा ७ जनालाई कारबाही सिफारिस

डीबी बुढा

जुम्ला — नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले एक जना उपसभापतिसहित ७ जना कार्यकर्तालाई कारबाही सिफारिस गरेको छ । उपसभापति दिपक शाही लगायत ७ जनालाई काबाहीको लागि केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो ।

आफ्ना उम्मेदवारविरुद्ध लागेको भन्दै जुम्ला कांग्रेसद्वारा ७ जनालाई कारबाही सिफारिस

जिल्ला सभापति कर्णबहादुर शाहीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति प्रकाशित गर्दै उनीहरूलाई काबाहीका लागि सिफारिस गरिएको जनाइएको छ ।

उपसभापति दिपक शाही, महाधिवेशन प्रतिनिधि भक्त बहादुर रोकाया, चन्दननाथ नगरपालिकाका सभापति रवि थापा, गोविन्द बहादुर शाही, आसे बस्नेत, भक्त रोकाया र गोर बहादुर सुनारलाई काबाहीका लागि सिफारिस गरिएको पार्टी सभापति कर्णबहादुर शाहीले बताए।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवार विरुद्ध पार्टीको विधान र हित विपरीत कार्य गरेको पाइएकोले कांग्रेसले कात्तिक १४ गते उनीहरूलाई स्पष्टीकरण सोधेको थियो । तर नगर सभापति रवि थापाले मात्रै स्पष्टीकरण दिएका थिए ।

निजको स्पष्टीकरण पनि चितबुझ्दो नभएको सभापति शाहीले जानकारी दिए । यद्यपि अन्य पदाधिकारीले स्पष्टीकरण समेत नदिएको जुम्ला कांग्रेसले जनाएको छ ।

प्रकाशित : कार्तिक २९, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?