कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सल्यानमा ट्याक्टर दुर्घटना : ८ जना घाइते

विप्लव महर्जन

सल्यान — सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

सल्यानमा ट्याक्टर दुर्घटना : ८ जना घाइते

बन्गाड कुपिण्डे नगरपालिका–१० रजईखोलाबाट बालुवा लगेर थापाचौर जाँदै गरेको रा १ त १६९० नम्बरको ट्याक्टर बिहप्बार बिहान११ बजेतिर रजई खोलानजिकै दुर्घटना भएको हो ।

घाइते हुनेमा बन्गाड कुपिण्डे नगरपालिका–१० थापाचौरका एकै गाउँका १६ वर्षीय तीलक बुढा, १८ वर्षीय भुपाल बुढा, १४ वर्षीय गोपाल पुन, १६ वर्षीय सुमन पुन, १७ वर्षीय जीमबहादुर बुढा, १७ वर्षीय कुलविर पुन, २१ वर्षीय झुपलाल घर्ती र २१ वर्षीय नन्दलाल घर्ती रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार कुपिण्डे ताल अवलोकन गरेर घर फर्कंदै गरेका थापाचौरका ९ जना युवा ट्याक्टरमा चढेका थिए ।

घाइते भएका सबैको प्रहरी र स्थानीयले उद्धार गरेका थिए । घाइते सबैलाई उपचारका लागि सुर्खेतको कालागाउँस्थित प्रादेशिक अस्पताल लगिएको छ ।

ट्याक्टर चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

प्रकाशित : कार्तिक २४, २०७९ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×