भेरी नदीमा डुबेर किशोरको मृत्यु, एक जना बेपत्ता

हरिहरसिंह राठौर

जाजरकोट — भेरी नदीमा पौडी खेल्न गएका एक जना किशोरको मृत्यु भएको छ भने एक जना किशोर बेपत्ता भएका छन् । उनीहरु पिकनिक खान मंगलबार मटेलास्थित भेरी नदी किनारमा गएका थिए ।

पिकनिक खान गएर भेरी नदीमा पौडी खेल्न गएका भेरी नगरपालिका ४ गैरीखालीका रोशन खड्का, वीरेन्द्र शाही, भेरी नगरपालिका ३ थाप्लेका विक्रान्त केसी डुबेका थिए ।

डुब्ने क्रममा वीरेन्द्र शाहीलाई अन्य साथीहरुलाई उद्धार गरेका थिए । रोशन खड्काको शव घटनास्थल देखि २ किलोमिटर तल लामीतरामा फेला परेको छ । केसी भने अझै बेपत्ता छन् । बेपत्ता उनको खोजतलास गर्न छिमेकी लगायत जिल्ला प्रहरीबाट टोली खटिएको छ ।

त्यहाँ आयोजना गरिएको फुटबल प्रतियोगितामा उपविजेता भइ पुरस्कार बापत प्राप्त खसी लिएर उनीहरु पिकनिक खान भेरी किनारमा गएका थिए ।

प्रकाशित : कार्तिक ८, २०७९ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?