१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

जुम्लामा ५ दिनको अवधिमा बाढीपहिरोमा परी १० जनाको मृत्यु

डीबी बुढा

जुम्ला — जुम्लामा अबिरल वर्षासँगै आएको बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकामा ७ जना, हिमामा २ र गुठीचौर गाउँपालिकामा एक जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बाढी पहिरोले पछिल्लो ५ दिनमा १० जनाको मृत्यु भएको बताए । उनका अनुसार जिल्लाभर ठूलो मात्रमा जनधनको क्षति भएको छ । 

जुम्लामा ५ दिनको अवधिमा बाढीपहिरोमा परी १० जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा ८५ घर पूर्ण ध्वस्त भएका छन् । दुई सय घरमा आंशिक क्षति भएको र एक सय घर उच्च जोखिममा छन् । पहिरोका कारण कर्णाली राजमार्गको जुम्ला-रारा खण्डमा सवारीसाधन चल्न सकेका छैनन् । ६ दिनदेखि कर्णाली राजमार्ग जुम्ला-सुर्खेत र सुर्खेत-जुम्ला-नेपालगंजका लागि गाडी चल्न सकेका छैनन् । जसका कारण यात्रुहरु अलपत्र परेका छन् ।

लोकसेवा आयोगको परीक्षा दिनु पर्नेदेखि आकस्मिकरुपमा झर्ने यात्रु जुम्लामै थन्किएका छन् । असोज २० गतेदेखि अवरुद्ध टेलिफोन र इन्टरनेट सेवा बुधबारदेखि सञ्चालनमा आएको छ । जुम्ला सदरमुकाम खलंगामा खानेपानी र विद्युत सेवा ठप्प भएपछि स्थानीयवासी मर्कामा छन् । वर्षाले भित्र्याउनै लागेको कृषिबालीमा समेत क्षति पुगेको छ । सबैभन्दा धेरै मार्सी धानमा क्षति पुगेको छ । सिमी, कोदो र मकैबालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी केसरीले विपतमा परेर घाइते भएका दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी केसरीको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकले विपदमा परेकाहरुको उद्धार तथा राहतका लागि तत्काल जुट्ने निर्णय गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय सरकारका प्रमुखहृरु, नागरिक समाज, राजनीतिक दल, सुरक्षा निकायाका प्रमुखहरु र नागरिक समाजका अगुवाहरुले तत्काल कर्णाली राजमार्ग सञ्चालनमा ल्याउन र आकस्मिक उद्धार तथा राहतका लागि सबैशक्ति प्रयोग गर्ने निर्णय गरेका हुन् ।

कर्णाली राजमार्ग खुलाउन सडक विभागसँग समन्वय गर्ने, चन्दननाथ नगरपालिकाले ४ लाख र ७ गाउँपालिकाले दुई/दुई लाख रुपैयाँ जिल्ला विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । विपद् व्यवस्थापन समितिको कोष बढाउन सर्वसाधारणलाई आग्रह गर्ने र कर्णाली राजमार्गसँग जोडिएका सहायक मार्गहरु खुलाउन सबै डोजर प्रयोग गर्ने निर्णय भएको हो ।

प्रकाशित : आश्विन २६, २०७९ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?