२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

कांग्रेस उम्मेदवार वलीको उम्मेदवारी खारेज

महेश केसी

रुकुम पश्चिम — बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भई सजाय पाएका रुकुम पश्चिम प्रदेश (२) का कांग्रेस उम्मेदवार प्रेमप्रकाश वलीको उम्मेदवारी खारेज भएको छ । वली रुकुम पश्चिमका कांग्रेस सभापतिसमेत हुन् ।

कांग्रेस उम्मेदवार वलीको उम्मेदवारी खारेज

वलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भनी सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिम प्रदेश (२) माओवादी केन्द्रका उम्मेदवार राजकुमार शर्माको तर्फबाट दाबी विरोधको उजुरी परेको थियो ।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै यस विषयमा जानकारी गराएको हो ।

प्रकाशित : आश्विन २५, २०७९ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?