कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

पहिरोले पुरिएर सल्यानमा बालकको मृत्यु

विप्लव महर्जन

सल्यान — लगातार पाँच दिनसम्म परेको अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर सल्यानमा एक बालकको मृत्यु भएको छ । शारदा नगरपालिका ८ मार्केस्थित दलबहादुर विकका १३ वर्षीय छोरा अजय विकको मृत्यु भएको हो । 

शनिबार बिहान घर नजिकैको सडकमाथिबाट आएको पहिरोले बालक विक पुरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताए । बालकको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार पहिरोले पुरिएका बालकको शव प्रहरी र नेपाली सेनाको टोलीले निकालेका थिए ।

पहिरोले पुरिएर मृत्यु भएका बालकलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको उनले बताए । अविरल वर्षाका कारण जिल्लाका अधिकांश स्थानमा पहिरो गैरहेकाले घरबाट बाहिर निस्किँदा उच्च सतर्कता अपनाउन उनले जिल्लावासीलाई आग्रह गरेका छन् ।

प्रकाशित : आश्विन २२, २०७९ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?