कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डीबी बुढा

जुम्ला — आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका हुन् । 

जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

समन्वय समितिका प्रमुख आचार्यले जनतामाझ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्देश पुगिसकेको बताए । उनले भने, ‘निर्वाचन प्रजातन्त्रको आधारस्तम्भ हो । निर्वाचन स्वच्छ, भयरहित वातावरणमा सकाउन सबै हातेमालो गर्न जरुरी छ ।’

जुम्ला जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निमित्त प्रमुख अभिनन्द चौलागाईंले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधीश विष्णुप्रसाद गौतम नियुक्त भएका छन् । उनलाई प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई निर्वाचन क्षेत्र हेर्ने जिम्मेवारी दिइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बुथ कब्जा हुने सम्भावना भएकाले सुरक्षामा विशेष ध्यान दिन जिल्ला समन्वय समितिका प्रमुख आचार्यले सुझावसमेत दिए ।

प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनु सबै राजनीतिक दलहरुको महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिए । उनले भने, ‘एकीकृत सुरक्षा योजना निर्माण गरेर निर्वाचनको बेला शान्ति सुरक्षा कायम गरिने छ । ट्रेड युनियनमा आबद्ध भई सक्रिय रुपमा राजनीतिमा लागिपरेका निजामति कर्मचारीलाई निर्वाचन प्रक्रियामा सहभागि गराइने छैन ।’

उनले असोज १२ गते रातिदेखि निर्वाचन आचारसंहिता लागू भइसकेकाले कार्यान्वयनमा कन्जुस्याइँ नगर्नसमेत आग्रह गरे ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै जुम्लामा चुनावी चहलपहल सुरु भएको छ । नेकपा एमाले र राप्रपाले उम्मेदवारको टुंगो लगाए पनि गठबन्धन दलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन । गठबन्धन दलभित्र उम्मेदवारी छनोटको विषयमा तीव्र असन्तुष्टि रहेको छ ।

प्रकाशित : आश्विन १८, २०७९ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?