कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यान जिप दुर्घटना : सख्त घाइतेहरूलाई नेपालगन्ज रिफर

विप्लव महर्जन

सल्यान — जिल्लाकोकुमाख गाउँपालिका–६ डुमकोटबाट जिल्लाको धार्मिक पर्यटकीयस्थल खैराबाङ भगवतीको मन्दिर दर्शन गर्न भक्तजन सवार रहेको १ ज ७९८ नम्बरको जिप दुर्घटनामा सख्त घाइते भएका १७ मध्ये १६ जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । बाग्चौरस्थित जनप्रिय पोलिक्लिनिक र जिल्ला अस्पतालमा सामान्य उपचार गराइरहेका उनीहरुको अवस्थामा सुधार नआएपछि थप उपचारका लागि रिफर गरिएको हो ।

सल्यान जिप दुर्घटना : सख्त घाइतेहरूलाई नेपालगन्ज रिफर

रिफर गरिएका १५ जनालाई एम्बुलेन्समार्फत पठाएको र जिल्ला अस्पतालमा उपचाररत २४ वर्षीया सुनिता बोहराको अवस्था थप जटिल भएकाले हेलिकोप्टरबाट उद्धार गरेर नेपालगन्ज लैजाने तयारी भरहेको र हेलिकोप्टर आइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

उनका अनुसार जिप दुर्घटनामा कुमाख गाउँपालिका–४ का वर्ष १५ का तिलक गोसाई, ४९ वर्षका जंगबहादुर पुन, चिनालीका वर्ष २२ का गाडी चालक अर्जुन बुढामगर, वर्ष ६ का बालक जीवन पुन, वर्ष २० की झुपा पुन, २६ वर्षकी सुशिला पुन, चिनालीका वर्ष ४१ की डल्ली ओली, वर्ष २ का बालक सन्तोष पुन, १९ की रुपा रावत, कुमाख गाउँपालिका २ का वर्ष २० का लोकेन्द्र ओली, वर्ष १६ का हेमराज पुन, १३ की प्रतिभा पुन मगर, ३३ की अनिता पुन, १५ का भरत बुढामगर, २४ की सुनिता बोहरा र उनकी छ महिनाकी छोरी घाइते भएका थिए ।

भक्तजन लिएर बिहानै शारदा नगरपालिका–११ स्थित खैराबाङ भगवती मन्दिर आउँदै गरेको जिप कुमाख गाउँपालिका ६ जिमाली नजिकै भित्री कच्ची सडक खण्डमा शनिबार बिहान साढे ६ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १७ घाइते भएका थिए । १९ जना सवार जिप सडकदेखि सय मिटर तल खसेको थियो ।

प्रकाशित : आश्विन १५, २०७९ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?