कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली पुग्यो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा अनावरण
ज्योति कटुवाल

सुर्खेत — नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेतालाई हस्तान्तरण गर्ने ट्रफी कर्णाली प्रदेशमा पुगेको छ । ट्रफी पुगेसँगै मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वीरेन्द्रनगरमा रहेको कभर्ड हलमा उक्त ट्रफी अनावरण गरेका छन् ।

कर्णाली पुग्यो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी

ट्रफी टुरका कार्यदल संयोजक तेक्वान्दो खेलाडी दीपक विष्टले प्रत्येक प्रदेशमा ट्रफी डुलाउनुको मुख्य कारण खेलाडीहरूलाई हौसला प्रदान गर्नु भएको बताए । ट्रफीसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग स्वर्ण पदकधारी दीपक श्रेष्ठ, अल्ट्राधावक मिरा राई र राष्ट्रिय खेल भलिबलकी कप्तान अरुणा शाही सुर्खेतमा पुगेका छन् ।

ट्रफी अनावरण गर्दै मुख्यमन्त्री शाहीले ट्रफीले खेलाडीहरूलाई हौसला प्रदान गर्ने बताए । ‘कर्णालीका खेलाडीले ट्रफी स्पर्श गरिसके । अब नवौं खेल पनि जितेर आउनेमा हामी ढुक्क छौं ।’ ट्रफी टुरको कार्यदल कर्णालीबाट मधेस प्रदेश जाने तयारी गरिरहेको छ ।

प्रकाशित : आश्विन ११, २०७९ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?