कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चट्याङ लागेर बारेकोटमा १० जना घाइते

जाजरकोट — जिल्लाको बारेकोट-१ धौलाकोटमा चट्याङ लागेर दश जना घाइते भएका छन् । गएराति करिब पौने दश बजे चट्याङ लागेर एकै परिवारका दश जना घाइते भएका हुन् ।

चट्याङ लागेर बारेकोटमा १० जना घाइते

घाइते हुनेमा लक्ष्मी खड्का, देवेन्द्र खड्का, लुकेश खड्का, कालिका बुढा खड्का, नवीन खड्का, रञ्जु खड्का, ललिता बोहरा, राजन बोहरा, गोविन्द बोहरा र सरिता खड्का रहेका छन् ।

घाइतेहरूको प्राथमिकतामा स्वास्थ्य केन्द्र लिम्सामा उपचार भइरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । अध्यक्ष गिरीका अनुसार स्थानीय स्तरमा उपचार हुन नसके अन्यत्र लैजाने तयारी गरिएको छ ।


प्रकाशित : आश्विन ५, २०७९ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?