कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाजरकोटको छेडागाडमा जिप दुर्घटना, ६ जना घाइते

हरिहरसिंह राठौर

जाजरकोट — जिल्लाको छेडागाड नगरपालिका २ साल्मामा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको वेस्तडा हुँदै छेडागाड नगरपालिकाका लागि छुटेको कर्णाली प्रदेश ००१ च ०३४४ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जाजरकोटको छेडागाडमा जिप दुर्घटना, ६ जना घाइते

प्रहरीका अनुसार मध्यपहाडी राजमार्ग हुँदै आएको जिप छेडागाड नगरपालिका २ को वडा कार्यालय नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा छेडागाड नपा १ साल्मा निवासी खडग रोकाय, १८ वर्षका चक्र बुढा, २० वर्षका निमबहादुर रावत, रत्नबहादुर रोकाय, २२ वर्षका सुरेन्द्र बुढा, २५ वर्षका चालक कृष्णबहादुर बुढा रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

घाइतेहरुको उपचारका लागि नगरपालिकाको एम्बुलेन्समार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अध्ययनअनुसार जिप ब्रेकफेल भएर दुर्घटना भएको हो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

प्रकाशित : आश्विन ४, २०७९ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?