कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्खेतमा बादी बालबालिकालाई खाद्यान्न सहयोग

ज्योति कटुवाल

सुर्खेत — वीरेन्द्रनगर–८ खजुरामा रहेको बादी आवासगृहमा खाद्यान्न सहयोग गरिएको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आवासगृहमा खाद्यान्न सहयोग गरेको हो ।

सुर्खेतमा बादी बालबालिकालाई खाद्यान्न सहयोग

संविधान दिवसको अवसर पारेर आवासगृहका १ सय २६ जना बादी बालबालिकालाई खाद्यान्न वितरण गरेको छ । चाडपर्व नजिकिँदै गरेको बेला उनीहरुलाई खाद्यान्न सहयोग गरेको कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले बताए । आवसगृहमा ३० बोरा चामल, ५० केजी दाल, पाँच वटा ग्यास सिलिन्डर, दुई पेटी स्याउ, पाँच प्याकेट पिठो, दुई पेटी तेल दिइएको छ । यस्तै पाँच केजी बेसार, एक बोरा आलु, पाँच पेटी स्वविन, एक बोरा काउँली, नुन र खुर्सानीलगायत खाद्यान्न प्रदान गरेको सचिव भुसालले बताए ।

सडक छेउछाउमा मागेर हिँड्ने बालबालिकालाई एक ठाउँमा राखेर पढ्ने वातावरण बनाएकोमा आवासगृहका सञ्चालक हिक्मत बादीलाई आभार व्यक्त गर्दै कानुनमन्त्री हिमबहादुर शाहीले छिट्टै मुख्यमन्त्रीसँगको समन्वयमा बालबालिकालाई गाँसबास र कपासको व्यवस्थासँगै पढ्ने, लेख्ने वातावरण बनाउने प्रतिबद्धता जनाए ।

प्रमुख सचिव गोपीकृष्ण खनालले बादी बालबालिकाको भविष्यबारे प्रदेश सरकारले चिन्ता लिएको बताए । बादी आवासगृहमा कर्णाली प्रदेशका १० जिल्लाबाट झन्डै १ सय २६ जना बालबालिका छनन् ।

प्रकाशित : आश्विन २, २०७९ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?