कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पहाडमा बढ्दै डेंगुका बिरामी

ज्वरोसँग मिल्दोजुल्दो लक्षण भएकाको परीक्षण गर्दा सातामै १४ जनामा डेंगु पुष्टि
विप्लव महर्जन

सल्यान — पहाडी जिल्ला सल्यानमा डेगुंका बिरामी बढ्दै गएका छन् । भाइरल ज्वरोसँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पछिल्लो एक सातामै १४ जनामा डेंगु पुष्टि भएको छ ।

पहाडमा बढ्दै डेंगुका बिरामी

लामखुट्टेका कारण सर्ने यो रोगको संक्रमण यसअघि विशेषगरी तराईका जिल्लाहरूमा बढी हुने गर्थ्यो । तर, यो वर्ष पहाडी जिल्लाहरूमा पनि संक्रमण विस्तार भइरहेको छ । बिरामीको संख्या बढेपछि जिल्ला अस्पतालले डेंगु परीक्षणको व्यवस्था मिलाएको छ । अस्पतालका विशेषज्ञ चिकित्सक अभिषेक सिंहका अनुसार हाल उपचारका लागि आउने ज्वरोका बिरामीमध्ये लक्षणका आधारमादिनहुँ ८/१० जनासम्मको डेंगु परीक्षण गर्ने गरिएको छ । जसमध्ये कम्तिमा ३ जनामा डेंगु पुष्टि भएको छ । ‘जिल्लाका सबैजसो गाउँमा ज्वरोका धेरै बिरामी छन्,’ उनले भने, ‘सबैको परीक्षण गरेमा धेरैमा डेंगु पोजिटिभ देखिन सक्छ ।’

उनका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट हुने रोग हो । डेंगु संक्रमितलाई टोकेकोलामखुट्टेले निरोगी व्यक्तिलाई टोक्दा यो रोग सर्ने गर्छ । संक्रमण विस्तार हुन नदिन अस्पतालमा भर्ना भएका बिरामीलाई छुट्टै कोठामा राखेर उपचार गर्दै आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई अहिलेसम्म जटिल समस्या देखिएको छैन ।

‘अब सल्यान पनि डेंगुको उच्च जोखिममा छ, त्यसैले लामखुट्टेको टोकाइबाट बच्न अनिवार्य सुत्ने बेलामा झुलको प्रयोग गर्ने, बेलुकाको समयमा कोठाको झ्यालढोका नखोल्ने र सुत्ने बेलामा धूप बाल्न जरुरी छ,’ डा. सिंहले भने, ‘समस्या देखिनेबित्तिकै अस्पतालमा आएर डेंगु रोगको परीक्षण गराउन सार्वजनिक सूचना जारी गरेका छौं ।’ डेंगु भएका व्यक्तिको शरीरमा पछिसम्म असर गर्ने भएकाले सम्भावित लक्षण देखिए तथा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएमा जतिसक्यो धेरै झोलिलो पदार्थ सेवन गर्न उनले सुझाव दिए ।

पछिल्लो समयमा गाउँघरमा ज्वरो, रुघाखोकी, टाउको, पेट र शरीरका विभिन्न भाग दुख्ने, बेहोस हुनेजस्ता लक्षण देखिएका बिरामी बढ्दै गएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अहिले जिल्ला अस्पतालमा यस्ता लक्षण देखिएका झण्डै १ सय बिरामी उपचारका लागि आइसकेका छन् । छत्रेस्वरी गाउँपालिका–५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज वीरबहादुर ओलीले आसपासका बस्तीमा ज्वरोका बिरामी धेरै भएका र दैनिकजसो २५ जनासम्म ज्वरो, टाउको र पेट दुख्ने, रुघाखोकी लागेका बिरामीहरू आउने गरेको बताए । ‘केहीमा उच्च ज्वरो देखिए पनि परीक्षण सामग्रीको अभावमा अहिलेसम्म कसैको डेंगु परीक्षण गर्न सकिएको छैन,’ उनले भने, ‘औषधि दिएर घरमै आराम गर्न सल्लाह दिइरहेका छौं ।’

बन्गाडकुपिन्डे नगरपालिका जिल्ला भित्रने प्रमुख नाका भएकाले यहाँ पनि ज्वरोका बिरामी बढिरहेको नगर स्वास्थ्य संयोजक बासुदेव पोखरेलले बताए । उनका अनुसार स्थानीय स्वास्थ्य संस्थाहरूमा दैनिक ५० जनासम्म ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

प्रकाशित : भाद्र २७, २०७९ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×