कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरी हवल्दारलाई कारबाहीको माग

मुगु — मुगुका स्वास्थ्यकर्मीहरूले जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरी हवल्दारलाई कारबाहीको माग गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्यसमिति मुगु र जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी प्रकाश भण्डारीमाथि कुटपिटको घटनाको विरोध गरेका हुन् ।

गत भदौ १४ गते राति ९ बजेतिर आफ्नो ड्युटीमा खटिएका ल्याब टेक्निसियन प्रकाश भण्डारीलाई कुटपिट गरी घाइते बनाउने प्रहरी हवल्दार शिवदत्त न्यौपानलाई कडा कारबाहीको माग गरिएको छ ।

विगत दुई वर्षदेखि अस्पतालको सुरक्षार्थमा खटिएका हवल्दार न्यौपानेले स्वास्थ्यकर्मीलाई नै कुटपिट गरेपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले त्रसित भएको बताएका छन् ।

स्वास्थ्यकर्मीमाथि हातपात गर्ने प्रहरी हवल्दार न्यौपानेलाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवास हमालले जनाए ।

यस्तै हवल्दार न्यौपानेमाथि कारबाहीको जानकारी आफूहरूलाई जिल्ला प्रहरी कार्यालयले दिनुपर्ने पनि स्वास्थ्यकर्मीहरूको माग छ ।

प्रकाशित : भाद्र १७, २०७९ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×