१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

माओवादीले कर्णालीका दुई मन्त्री फिर्ता बोलायो

चाँदनी कठायत

वीरेन्द्रनगर — नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ ।

माओवादीले कर्णालीका दुई मन्त्री फिर्ता बोलायो

माओवादीले उनीहरूको ठाउँमा जाजरकोटबाट निर्वाचित सांसद कृष्णा शाह र रुकुम पश्चिमबाट निर्वाचित सांसद रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ ।

पार्टीको केन्द्रीय कमिटीको निर्णयअनुसार मन्त्रीमण्डल समावेशी बनाउनका लागि दुई सांसदलाई फिर्ता बोलाइएको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् । उनका अनुसार मन्त्रीका लागि शाह र कामीको नाम सिफारिस गरिएको छ ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ जना सांसद छन् । जसमध्ये सांसद शाह र कामीबाहेक अन्य ९ जना मन्त्री भइसकेका छन् ।

प्रकाशित : भाद्र १०, २०७९ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?