कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनक शिक्षा सामग्री केन्द्र कर्णालीका प्रमुखमाथि अभद्र व्यवहार 

हरिहरसिंह राठौर

सुर्खेत — वीरेन्द्रनगरस्थित जनक शिक्षा सामग्री केन्द्र, कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीमाथि अभद्र व्यवहार भएको छ । नेत्रविक्रम चन्द समूह निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) आबद्ध विद्यार्थीले प्रमुख केसीलाई कालोमोसो दलेका हुन् ।

शैक्षिकसत्र सुरू भएको ४ महिना बित्तिसक्दा पनि कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक नपुर्‍याएको भन्दै केसीमाथि अखिल क्रान्तिकारी सुर्खेत इन्चार्ज तुलाराम तिरुवाको नेतृत्वमा केसीलाई आइतबार आफ्नै कार्यकक्षमा मोसो दलेका हुन् ।

केसीमाथि अभद्र व्यवहार गरेपछि उनीहरु छरेको पर्चामा मनोमानी ढंगले पुस्तक वितरण गरी व्यवसायीसँग करोडौं कमिसन लिएको, हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगुलगायत दुर्गम जिल्लाको बिल बनाई किताब सुर्खेतमा वितरण गरेको र ढुवानीबाट लाखौं कमिसन खाएको आरोप छ ।

यस्तै, सरकारी कार्यालयलाई निजी पैतृक सम्पत्तिको रुपमा प्रयोग गर्ने र कार्यालयमा विवाह व्रतबन्धजस्ता कार्यक्रम गरेको पनि उनीहरूको आरोप छ । अभद्र व्यवहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदमबहादुर बिष्टले बताए ।

प्रकाशित : भाद्र ५, २०७९ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?