कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्लामा चट्याङ लागेर १२ वटा गोरु र एउटा गाई मरे

डीबी बुढा

जुम्ला — जुम्लामा चट्याङ लागेर १२ वटा गोरु मरेका छन् । कनकासुन्दरी गाउँपालिका १ मा चट्याङ लागेर १२ वटा गोरु र एउटा गाई मरेको वडाध्यक्ष भिमबहादुर भण्डारीले जानकारी दिए । 

जुम्लामा चट्याङ लागेर १२ वटा गोरु र एउटा गाई मरे

मर्फानको डोरपाटनमा गाईबस्तु चराउन लगेको बेला चट्याङ लागेर १२ वटा गोरु र एउटा गाई मेरका हुन् ।

वडाध्यक्ष भिमबहादुर भण्डारीका अनुसार २७ गते राति पाटनमा वर्षा भइरहेको समयमा ओडार नजिकै ओत लागेको बेला चट्याङ लागेर गाई-गोरु मरेका हुन् । ९ जना किसानका गोरु र गाई मेरको वडाध्यक्ष भण्डारीले बताए ।

चट्याङ लागेर मरेका गाई-गोरुको स्थलगत अनुगमन तथा प्रहरी मुचुल्कासमेत भइसकेको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले घटनाको मुचुल्का भइसकेको र आवश्यक कागजातहरु जिल्लामा मगाएको बताइएको छ । कार्यालय प्रमुख गोविन्दबहादुर महतले प्रहरी मुचुल्का र प्रमाणको आधारमा किसानलाई राहत प्रदान गर्ने तयारी भइरहेको जनाए ।

प्रकाशित : भाद्र १, २०७९ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?