कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोजरमाथि पहिरो खस्दा अपरेटरको मृत्यु

हरि गौतम

रुकुम पश्चिम — सडक खनिरहेको डोजरमाथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३, जिउ गाउँमा सडक खनिरहेको डोजरमा आइतबार बिहान पहिरो खसेपछि डोजर अपरेटर बाँके घर भएका २७ वर्षीय सुरज पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरो झरेपछि तत्काल पहिरोबाट अपरेटरलाई निकाल्न सकिएको थिएन । ढिलोगरी अपरेटरको शव निकालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए । जिउ गाउँबाट जुफाल जाने सडक निर्माणको काम यो वर्षामा पनि जारी छ ।

प्रकाशित : श्रावण २९, २०७९ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?