कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीरबाट चिप्लिएर एक सैनिकको मृत्यु

जनकबहादुर शाही

हुम्ला — कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका-१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको छ ।‍

कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको उनले बताइन् । मृतक लामिछानेको सनाखतका लागि प्रक्रिया अघि बढिरहेको परियारले बताइन् ।

उनी मेसिन भएको स्थानबाट एक सय मिटर तल खसेका थिए । मेसिन जाँच गर्नका लागि उनीसँगै पुगेका हरिराम विष्ट चिप्लिएपछि उनलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियाले जानकारी दिइन् । विष्टलाई भने टाउकोमा चोट लागेको छ ।

घाइते विष्टको नेपालगन्जमा उपचार भइरहेको छ ।

प्रकाशित : श्रावण २६, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?