जुम्लामा विद्यालयको भवन भत्किँदा ४ विद्यार्थी घाइते- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्लामा विद्यालयको भवन भत्किँदा ४ विद्यार्थी घाइते

डीबी बुढा

जुम्ला — जुम्लाको पातारासी गाउँपालिकामा–३ हुरीमहरीमा रहेको सरस्वती आधारभूत विद्यालयको भवन भत्किँदा चार जना विद्यार्थी घाइते भएका छन् ।

कक्षा सञ्चालन भइरहेको समयमा विद्यालय भवन भत्किएपछि विद्यार्थी घाइते भएका हुन् । शिक्षक डिल्ली बुढाका अनुसार घाइते हुनेमा कक्षा ३ र ४ का विद्यार्थी रहेका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ ।

भवन निकै पुरानो र जीर्ण भएकोले भत्किएको हो । विद्यालयको ३ कोठे भवन भत्किएको उनले बताए । विद्यालय भवन भत्किने बित्तिकै पालिकालाई खबर गरेको र पालिकाबाट टोली विद्यालयमा आउन लागेको जानकारी विद्यालयले दिएको छ ।

पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालका अनुसार विद्यालयको भवन भत्किएर विद्यार्थी घाइते भएको खबर प्राप्त भएको बताए । उनले भने, ‘भवन भत्किएको खबर पाउने बित्तिकै डिल्लीचौर प्रहरीचौकीबाट प्रहरी र शिक्षा शाखाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

विद्यालय क्षेत्रमा फोन नलाग्ने भएकोले विस्तृत विवरण प्राप्त गर्न नसकिएको पातारासी गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : श्रावण २२, २०७९ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्

गंगालालका चिकित्सकको नागरिकताको उमेर ४० वर्ष बनाइदेऊ सरकार : भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा निकट चिकित्सकलाई सेवामा निरन्तर राख्नका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अवकाशको उमेर हद बढाउने निर्णयको विरोध गरेका छन् । प्रधानमन्त्री देउवा निकट ६० वर्षीय डा. रवि मल्लको सेवा अवधि बढाउनका लागि शनिबार अवकाशको उमेरहद ६० बाट ६३ वर्ष पुर्‍याइएको थियो । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा भट्टराईले उक्त चिकित्सकको नागरिकता खिचेर उमेर घटाई ४० वर्ष पुगेको नगारिकता बनाउन भन्दै सरकारप्रति व्यंग्य गरे । 'हालै गंगालाल अस्पतालमा एक जना चिकित्सकको भोलि २३ गते समयावधि सकिँदै थियो, ६० वर्षको उमेरहदले । प्रधानमन्त्रीको निर्देशनमा हिजो मात्रै शनिबारको दिन स्वास्थ्यमन्त्रीको अध्यक्षतामा बैठक बसेर अवकाशको उमेर हद ६३ वर्ष रहने गरी नियमावली संशोधन भएको छ । म यो सरकारलाई सोध्न चाहन्छु, यो एक कुर्सी छ ४ जना डिफ्याक्टो प्रधानमन्त्री भएको बहादुर सरकार छ । उसले चाह्यो भने ६३ वर्ष गराइदिन सक्छ; चाह्यो भने ८० वर्ष गराइदिन सक्छ,' उनले भने, 'म यो सरकारलाई भन्न चाहन्छु- यति बलियो र बहादुर सरकार, त्यो चिकित्सकको नागरिकता खिचेर ४० वर्षको नगारिकता बनाइदिउँ । त्यसो भयो भने उहाँले अर्को २० वर्ष जागिर खान पाउनुहुन्छ ।'

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले अवकाशको उमेरहद ६३ वर्ष पुर्‍याउने निर्णय गरेको थियो ।

प्रकाशित : श्रावण २२, २०७९ १२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×