कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकै विद्यालयका २६ विद्यार्थीलाई कोरोना

राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ गाउँपालिकाको पुलुमा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएको छ ।

एकै विद्यालयका २६ विद्यार्थीलाई कोरोना

विद्यार्थीहरुमा ज्वरो आउने, टाउको दुख्ने, हल्का खोकी लाग्ने जस्ता लक्षण देखा परेपछि स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षण गर्दा २६ जनालाई करोना पोजेटिभ देखाएको विद्यालयका प्रधानध्यापक कुशल शाहीले बताए । समान्य रुघाखोकीको लक्षण देखिएका विधार्थीहरुलाई कोरोना पोजेटिभ देखिएको उनको भनाइ छ ।

झन्डै १ सय ३२ जना विद्यार्थीहरुलाई एन्टिजेन परीक्षण गर्दा २६ जना विधार्थीलाई कोरोना पोजेटिभ देखा परेपछि विद्यार्थीहरुलाई राष्ट्रपति शैक्षिक सुधार भवनमा राखेर औषधि उपचार गरिरहेको प्रधानध्यापकले बताए ।

विद्यार्थीहरुलाई कोरोना देखिएकपछि विद्यालयमा सामूहिक पढाइलेखाइ बन्द गरी विद्यार्थीहरुलाई अलग–अलग कोठामा राखेर शिक्षकले गृह कार्य दिने, विद्यार्थीले नजानेको कुरा सिकाइदिने गरेका छन् ।

विद्यालयमा ३ सय ७९ जना विद्यार्थी अध्ययनरत छन् भने ७ जना शिक्षक ११ जना सहयोगी कार्यरत छन् ।

प्रकाशित : श्रावण २०, २०७९ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?