कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुमबाट जडीबुटी निकासी बढ्यो

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — जिल्लाबाट एक वर्षको अवधिमा ४५ हजार ९ सय १२ किलो जडीबुटी जिल्ला बाहिर गएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा १ हजार ३ सय ८४ किलो बढी जडीबुटी बाहिरिएको हो ।

डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाबाट विभिन्न २६ प्रजातिका जडीबुटी बाहिर पठाइएको छ । एक वर्षको अवधिमा विभिन्न २८ प्रजातिका ५७ हजार ६ सय ७२ किलो जडीबुटी संकलन भए पनि असार मसान्तसम्ममा ४५ हजार ९ सय १२ किलोको छुटपुर्जी दिइएको कार्यालयका निमित्त प्रमुख महेश कुमाईले बताए । उनका अनुसार संकलन भएकोमध्ये ११ हजार ७ सय ६० किलो जडीबुटीको छुटपुर्जी काटिएको छैन । जिल्लामा सेतक चिनी, सोमलता, पदमचाल, साधारण च्याउ, दालचिनीको बोक्रा, अमला, अल्लो, पावन बोक्रा, पाखनबेद, रिठा, टिमुर, भिर मह, चिराइतो, लहरे गुर्जोलगायतका जडीबुटी पाइन्छन् ।

जडीबुटीबाट डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ४ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्लाबाट दाङ, नेपालगन्ज, काठमाडौंमा जडीबुटी जाने गरेको कार्यालयका सूचना अधिकारी जीवराज महतले बताए । उनका अनुसार सबैभन्दा बढी जडीबुटी आठबीसकोट नगरपालिकाबाट संकलन हुने गरेको छ । ‘जडीबुटी संकलनबाट स्थानीयको आम्दानी बढिरहेको छ,’ उनले भने, ‘जिल्लाको आर्थिक कारोबार पनि बढिरहेको छ ।’

प्रकाशित : श्रावण १९, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?