कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्खेतमा गुडिरहेको बसमा ढुंगा खस्दा युवतीको मृत्यु

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतमा गुडिरहेको बसमा खसेको ढुंगाले चोट लागेर एक जनाको मृत्यु भएको छ । रत्न राजमार्गअन्तर्गत छिन्चु–धुलियाविट खण्डको भेरीगंगा नगरपालिका–२ पैँसठ्ठीमा सडकमाथिबाट खसेको ढुंगा लागेर दैलेखको भगवतीमाई गाउँपालिका २ का १७ वर्षीया पार्वती शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

डिएसपी रामप्रसाद घर्तीका अनुसार काठमाडौंबाट सुर्खेतको वीरेन्द्रनगरतर्फ आउँदै गरेको ना ७ ख ५८–११ नम्बरको रात्रीकालीन बसमा दिउँसो करिब १ बजे ढुंगा खसेको थियो । ढुंगा खस्दा सवारी चालकभन्दा पछाडीको सिटमा बसेका दैलेखकी शाही र वीरेन्द्रनगर–६ का ४५ वर्षीया राजकुमारी सुनार घाइते भएका थिए ।

टाउकोमा गम्भीर चोट लागेकी शाहीलाई प्रदेश अस्पताल पुर्‍याउँदा दिउँसो साढे १ बजेतिर स्वास्थ्यकर्मीले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घाइते सुनारको दाहिने कानमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । बसमा ३१ जना सवार थिए । अहिले उक्त बस र चालक वीरेन्द्रनगर नगरपालिका–३ का २९ वर्षीय नमबहादुर रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : श्रावण ११, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?