कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

बारेकोट गाउँपालिका-६ का अध्यक्षमाथि खुकरी प्रहार

हरिहरसिंह राठौर

जाजरकोट — जाजरकोटको बारेकोट गाउँपालिकास्थित वडा नं ६ का अध्यक्ष डम्बरबहादुर महतारामाथि खुकुरी प्रहार गरी निर्घात कुटपिट गरिएको छ ।

बारेकोट गाउँपालिका-६ का अध्यक्षमाथि खुकरी प्रहार

एमालेबाट निर्वाचित महतारामाथि सोमबार बिहान आफ्नै निवासमा रहेका बेला कांग्रेसका स्थानीय नेता अविनाश नेपाली र स्थानीय टेकेन्द्र नेपालीले टाउकोमा खुकुरी र ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएको स्थानीय जयराम बस्नेतले जानकारी दिए ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तले बताएका छन् ।

उनले भने, ‘वडाध्यक्षमाथि कुटपिट भइ खुकुरी प्रहार गरिएको भन्ने जानकारी आएको छ, उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको छ ।'

घटनामा संग्लन आरोपित दुई जना फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घाइते वडाध्यक्षलाई उपचारका लागि खलंगातर्फ ल्याइएको छ । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको रिसइबीका कारण कुटपिट भएको भन्दै नेकपा एमाले जिल्ला कमिटीले दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध जनाएको छ ।

प्रकाशित : श्रावण ९, २०७९ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा निजी क्षेत्र पनि अख्तियारको दायराभित्र पर्ने गरी प्रस्तावित व्यवस्थाबारे तपाईंको धारणा के छ ?

x
×