२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

गाउँपालिका अध्यक्षकै कार्यकक्षमा तरुण दल अध्यक्षले प्राविधिक कुटे

हरि गौतम

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिकाका सवइन्जिनियर दिपक शाहमाथि कुटपिट भएको छ । पालिका अध्यक्ष जनकुमार बाँठामगरकै कार्यकक्षमा तरुण दल बाँफिकोट गाउँपालिका अध्यक्ष राजु शाहीले प्राविधिक शाहलाई कुटेका हुन् । आफूले जिम्मा लिएको सडकको कम मूल्यांकन गरेको भन्दै शाहीले शाहमाथि कुटपिट गरेका हुन् ।

९ नम्बर वडाको मोराबाङ–दोमै सडक निर्माणको जिम्मा शाहीले लिएका थिए । उक्त सडकको मूल्यांकन कम गरिएको भन्दै आफूमाथि कुटपिट गरेको शाहले बताए ।

प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीले ठेकेदारले प्राविधिकमाथि कुटपिट गरेको बताए । भौतिक पूर्वाधार समितिको बैठक बसिरहेकै बेला प्राविधिकमाथि कुटपिट भएको ओलीले जानकारी दिए । शाहीले ठेक्का लिएको सबै कामको बील पास गर्दिनु पर्ने माग गरेका थिए । तर प्राविधिक शाहले काम भएको जतिमात्रै बील पास गरिदिएपछि उनीमाथि कुटपिट भएको ओलीले बताए ।

आफू र लेखापालमाथि पनि आक्रमण गर्ने योजनासहित आएका ठेकेदार शाहीले प्राविधिकमाथि कुटपिट गरेको अधिकृत ओलीले बताए । काम भएको जतिमात्रै बील उठेको र भुक्तानी पनि त्यतिमात्रै भएको छ । यसै विषयलाई लिएर शाही आक्रोशित थिए । शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : श्रावण ४, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?