२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४७

गोठालो भत्ताले किसान उत्साहित

डीबी बुढा

जुम्ला — कर्णाली प्रदेश सरकारले भेडापालक किसानलाई लक्षित गर्दै गोठालो भत्ता दिन थालेपछि भेडापालक किसान उत्साहित छन् । गोठालो भत्ता दिन थालेपछि किसान भेडा पाल्न हौसिएका छन् । 

गोठालो भत्ताले किसान उत्साहित

यो पटक जुम्लाका १ सय ४३ जना किसानले गोठालो भत्ता पाएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ । कुल २ सय ६५ जनाले गोठालो भत्ता पाउनु पर्ने भन्दै निवेदन पेस गरेकोमा १ सय ४३ जना छनौटमा परेको कार्यालय प्रमुख गोविन्दबहादुर महतले जानकारी दिए ।

कार्यालयले गोठालो भत्ताका लागि प्रस्तावना पेस गर्न सार्वजनिक सूचना आह्वान गरेपछि किसानले निवेदन पेस गरेका थिए । कार्यालयबाट प्राविधिक टोली खटिएर फिल्ड स्तरमा अनुगमनसमेत भएको थियो । सबै अध्ययन गरेर किसान छनोट गरिएको कार्यालय प्रमुख महतले बताए ।

स्थलगत अनुगमनपछिको प्रतिवेदनका आधारमा छनोटमा परेका किसानलाई भत्ता उपलब्ध गराइएको थियो । पछिल्लो समयमा चरन क्षेत्रको अभाव र भेडा पाल्न धेरै दु:ख हुने भन्दै किसानले भेडा पाल्नै छाडेका थिए ।

भत्ताले वर्षभरि भेडापालन गर्दा लाग्ने खर्च व्यवस्थापन सहज रुपमा भइरहेको उनले बताए । कार्यालय प्रमुख महतले भने, ‘किसानको प्रोत्साहनका लागि यो भत्ता व्यवस्था गरिएको हो । ’

गोठालो भत्ता प्राप्त गर्न एक किसानले न्यूनतम ५० भन्दा धेरै भेडा पालन गर्नुपर्ने प्रावधान छ‚ जसबापत प्रतिमहिना किसानहरूलाई जनही १ हजार ५ सय रुपैयाँ गोठालो भत्ता दिइन्छ । वार्षिक १८ हजार रुपैयाँ गोठालो भत्ता बुझेको किसानले बताएका छन् ।

पशुअस्पताल तथा पशुसेवा कार्यालयमा २ सय ८४ किसानले गोठालो भत्ताका लागि आफ्नो फर्म सूचीकृत गराएका छन् । कर्णाली प्रदेश सरकारले गोठालो भत्ता तथा यसअन्तर्गतका अन्य कार्यक्रमका लागि तत्कालीन कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ छुट्याएको थियो ।

प्रकाशित : श्रावण ३, २०७९ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×